कृषिमा आत्मनिर्भरको योजना ल्याउँदै: मन्त्री गजुरेल

(No Comments)     November 23, 2015    

भक्तपुर । कृषि विकास मन्त्री हरिबोल गजुरेलले युवालाई विदेश जानबाट रोक्दै नेपाललाई कृषिमा नै आत्मनिर्भर बनाउने योजना वर्तमान सरकार ल्याउन लागेको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले गरेको साक्षतकार कार्यक्रममा उहाँले युवालाई कृषिमा लाग्न उत्प्रेरित गर्दै नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने वर्तमान सरकार हदैसम्म लचिलो बन्ने बताउनुभयो । हरेक क्षेत्रमा माफियाहरुको चलखेलले देश तहस नहस पारेको भन्दै कृषि क्षेत्र पनि माफियाहरुको सञ्जालबाट अछुतो नरहेको र सुधारका लागि कुरो भन्दा पनि काम गरेर देखाउने गजुरेलले बताउनु भयो ।

साना किसानलाई आधुनिकरण गरी ति किसानलाई सरकारले अनुदान दिने व्यवस्था सरकारले गर्न लागेको चर्चा गर्दै उहाँले भन्नुभयो –‘ प्राङ्गारिक मल किसानसँगै खरिद गर्दै बितरण गर्ने र अन्य मलको हाराकारको अवस्था यो वर्ष बेहोरनु पर्दैन ।’ उहाँले सरकारले किसानको कामको आधारलाई छनौट गर्दै विभिन्न खालका तालिम प्रदान गर्दै न्यूनतम एक वर्ष तालिम पश्चात कृषि मै काम गर्नु पर्ने अवस्था श्रृजना गर्ने र कृषि बिमालाई प्राथामिकता दिन थालेको बताउनु भयो । उहाँले नेपालमा कृषि बजारको व्यवस्थापन गर्न नसक्दा किसानले भन्दा पनि बिचौलियाहरुले लाभ लिने गरेको भन्दै उहाँले भन्नु भयो अव कृषि उत्पादनका लागि सरकाले उचित बजारको र भण्डारणको व्यवस्थालाई बिशेष ध्यान दिएर काम अगाडि बढाउने छ ।

सरकारले मधेस आन्दोलनको सम्बोधन गरी आमनागरिकलाई राहत प्रदान गर्नु पर्ने उल्लेख गर्दै दमनबाट मधेस आन्दोलनको समाधान नहुने बताउनुभयो । नयाँ संविधान बन्यो तर व्यक्तिको आचरणमा परिवर्तन नभएको भन्दै व्यक्तिका आचारण परिवर्तन नभएसम्म संविधान बने पनि व्यवहारमा परिवर्तन संभव नभएको विचार व्यक्त गर्नु भयो ।

भारतले गरेको नाकाबन्दी नेपालीका लागि मात्र नभएर भारतकै लागि अहित रहेको भन्दै उहाँले भन्नु भयो असल छिमेकीको भूमिकामा संविधान जारी पश्चात भारत प्रस्तुत हुन नसक्नुका पछाडी उसको मात्र दोष नभएर नेपालको आन्तरिक मामला समेत रहेको हो ।

उहाँले बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्तिले माक्र्सबादलाई अंगिकार गर्नु भन्दा पनि बिर्सजनबाद तर्फ लागेको भन्दै नयाँ शक्ति निमार्णमा देखिएका मुहारहरु सबै पुरानै रहनुले पनि प्रष्टाएको बताउनु भयो ।

Comments

comments

Related Posts