कृषक च्याउ खेतीप्रति आर्कषित

दुई करोड २४ लाख बराबरको आम्दानी

(No Comments)     March 3, 2017    

रामपुर ९पाल्पा०, २० फागुन । जिल्ला कृषि विकास कार्यालयले अनुदानमा च्याउघर निर्माण सामग्री, प्यास्ट्रिक, पराल काट्ने चापकटर मेसिन कृषकलाई उपलब्ध गराएकाले अहिले च्याउ खेतीमा कृषकको आकर्षण बढ्न थालेको छ ।

विगत पाँच वर्षयता जिल्लाका कृषकले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका हुन् । यहाँ अहिले कन्ये, गोब्रे र सिताके जातका च्याउ उत्पादन हुँदै आएको छ । जिल्लामा हाल झन्डै तीन सयभन्दा बढी कृषक च्याउ खेतीमा संलग्न भएकामा करिव ५० जनाले व्यावसायिक रुपमा च्याउ खेती गरेर मनग्य आम्दानी लिन सफल भएका हुन् ।

विसं २०७०/७१ मा १५ हजार ४०० प्याकेट च्याउबाट ६० मेट्रिक टन, २०७१/७२ मा २२ हजार प्याकेट च्याउबाट ८० मेट्रिक टन च्याउ उत्पादन भएको छ । विसं २०७२/७३ मा २६ हजार ५०० प्याकेट च्याउबाट ११२ मेट्रिक टन उत्पादन भई रु दुई करोड २४ लाख बराबरको आम्दानी जिल्लामा भित्रिएको छ ।

विसं २०७३/७४ को हालसम्मको अवधिमा १८ हजार प्याकेट च्याउबाट ८१ मेट्रिक टन च्याउ उत्पादन भइ रु एक करोड ६० लाख बराबरको आम्दानी भएको उक्त कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमले जानकारी दिनुभयो ।\

Milky chayu

यहाँका कृषकले च्याउ बिक्री गरेर एक वर्षमा न्यूनतम एक लाखदेखि रु १० लाखसम्म आम्दानी लिन सफल भएको उहाँले बताउनुभयो । कार्यालयले जिल्लाका विभिन्न स्थानमा रहेका सेवा केन्द्र तथा सम्पर्क केन्द्रमार्फत च्याउ उपलब्ध गराएपछि कृषकलाई व्यवसाय गर्न सहज भएको रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर रानाको भनाइ छ ।

कार्यालयले जिल्लाका विभिन्न गाउँ गाउँमा पुगेर समय समयमा च्याउ खेतीसम्बन्धी तालिम, गोष्ठी, छलफल, घुम्ती शिविरसमेत गर्दै आइरहेको छ । अहिले यसको प्रभाव गाउँमा मात्र नभई सहरमा पनि पर्न थालेको छ । सहरमा बसोवास गर्दै आएका बासिन्दाले पनि पनि घरायसी प्रयोजनका लागि १० देखि १५ वटा बल्बमा च्याउ खेती गर्दै आइरहेका छन् ।

आर्गनिक रुपमा उत्पादित च्याउको अहिले बजारमा माग बढ्दो छ । जिल्लाका सबैजसो स्थानका कृषक च्याउ खेतीमा आबद्ध छन् । कम मेहनत, लगानी र छोटो समयमा धेरै आम्दानी लिन सकिने भएपछि च्याउ खेतीमा कृषकको आकर्षण बढेको हो । रासस

Comments

comments

Related Posts