कृषक किबीखेतीतर्फ आकर्षित

(No Comments)     November 13, 2017    

काठमाडौं । किबीबाट राम्रो आम्दानीे हुन थालेपछि अहिले किसान किबीखेतीतर्फ आकर्षित भएका छन् । मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिका– ६ बज्रबाराहीका कृषकले किबीखेतीबाट बर्षेनी लाखौँ रकम आम्दानी गरिरहेका छन् । यहाँका ३० जना कृषक समूह किबीखेतीमा संलग्न छन् ।

‘एक गाउँ एक उत्पादन’ अवधारणाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जिल्ला कृषि विकास कार्यालयले करिब रु ३५ लाख लगानी गरी किबीखेतीसम्बन्धी तालीम, प्रविधि र बिरुवा सहयोग गरेका छन् ।

यहाँ उत्पादीत किबीबाट एकजना किसानले रु पाँच लाखदेखि रु १० लाखसम्म वार्षिक आम्दानी गर्ने गरेकाछन् । दैनिक जिवनको लागि अति उपयोगी मानिने किबी प्रतिकिलो रु २५० देखि रु ५०० सम्ममा बिक्री हुनेगरेका छन् । यहाँको किसानले एक सिजनमा करिब १२ टनसम्म किबी बिक्री गर्ने गरेको बताउछन्। बज्रबाराहीमा किबीखेती गर्ने कृषकको संख्या अहिले ५० पुगी सकेको छ भने बज्रबाराही गाउँ किबीखेतीको पकेट क्षेत्रका रुपमा पनि चिनिन थालेको छ ।

यहाँ करिब १६ हेक्टरभन्दा बढी जग्गामा किबीखेती भइरहेको छ । स्थानीय कृषक मनोरथ बलामी एउटा बोटबाट २०० किलोसम्म किबी फल उत्पादन हुने गरेको बताउछन् । वार्षिक रु छ लाखसम्म आम्दानी गर्ने गरेको उनको भनाई छ । यहाँ उत्पादन किबी काठमाडौं र हेटौंडा निर्यात हुने गरेका छन् ।

किबी फलको बजारीकरण र प्रवद्र्धनको लागि कुनै समस्या नरहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने भनाई छ ।

Comments

comments

Related Posts