कृषक अलौंची खेतीप्रति आर्कषित

(No Comments)     January 5, 2018    

काठमाडौं । पूर्वी पहाडी जिल्ला भोजपुरका कृषक अलैचीे खेतीतर्फ आकर्षित हुँदै जानथालेका छन् । अलैची खेतीबाट बार्षिक रुपमा लाखौ रुपैया कमाई गर्न सकिने भएकाले यिहाँका कृषक अन्य बालीको तुलनामा अलैची खेतीतर्फ आकषित भएका हुन् ।

अलैंचीको माग नेपाललगाएत विदेशमा समेत बढ्न थालेपछि कृषकहरुले आम्दानीको मुख्य श्रोतका रुपमा लिई अलैंची खेती गर्न थालेका छन् । जिल्लाका कृषकहरु अलैची खेतीप्रति आर्कषण बढ्न थालेसँगै जिल्ला कृषि बिकास कार्यालयमा समेत अलैचीको बिरुवा माग गर्नेको संख्यामा बृद्धि हुदै जानथालेको छ । कार्यालयले बार्षिक रुपमा अलैचीको बिरुवा ल्याएर कृषकलाई बिक्रीगर्दे आइ रहेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

भोजपुरको विभिन्न गाविसहरुमा अलैंचीको अत्याधिक मात्रामा उत्पादन हुने गर्दछ । जिल्लाको दोभाने, कुदाककाउले, साम्पाङ्ग, अन्नपुर्ण, चम्पे, खावा, छिनामखु ,किमालुङ वासिङ्गथर्पु तिम्मा, हेलौछा्, गुप्तेश्वर, भैसिपंखालगायतका अधिकांश गाविसहरुमा अलैची खेतीहुने गरेको छ ।

सेपीलो तथा भिरालो जमिनमा समेत अलैचीको खेतीगर्न सकिने कृषक धर्मराज राई बताउँछन् । अन्य वाली भन्दा अलौंचीे फले बिक्रीकोलागि खासै समस्या नरहेको कृषक बताउछन् । अलौंचीबाट राम्रो आम्दानी हुने भएकाले पनि अलैचीका व्यवसायिकता बढेको कृषकहरु बताउँछन् ।

 

Comments

comments

Related Posts