कुलो निर्माणले कृषकलाई सहज

(No Comments)     June 15, 2018    

काठमाडौं । सिन्धुलीको दूधौली नगरपालिका– ११ पत्रिङ्गा सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो सञ्चालनमा आएसँगै कृषकलाई खेती गर्न सहजता भएको छ । असारमा खेती गर्न सिँचाइ कुलो निर्माण भएपछि धान रोप्न सहज भएको स्थानीय कृषकले बताएका छन् ।

कुबेत सरकारको रु एक करोड ८३ लाख ९२ हजार सहयोगमा कुलो निर्माण गरिएको पत्रिङ्गा सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष यज्ञबहादुर कार्कीले जानकारी दिनुभयो । साना तिना खनेको कुलो बर्ष यममा पानीले पुरिदिदा बर्षैदेखी हैंरानी खेप्दै आउनु परेको स्थानीय किसानहरु बताउछन् । अब भने सिँचाइ कुलोबाट करीब ६० घरपरिवार लाभान्वित भएका छन् ।

तीन किलोमिटर लामो सिँचाइ कुलोले कृषकलाई हिउँदे तथा वर्खे खेती गर्न सहयोग पुग्नेछ । सिँचाइ गर्न वर्षंैदेखि समस्या झेल्दै आएका यहाँका किसानलाई अब भने सहजता मिलेको छ । मझौला सिँचाइले सो क्षेत्रको ८५ बिगाहा जग्गा बाह्रैमास सिञ्चित हुनेछ ।

खोलाको पानी सदुपयोग गरेर तरकारीखेती समेत गर्न सकिने पत्रिङ्गा सिँचाइ जल उपभोक्ता समितिका उपभोत्ता कृष्णकुमार राउतले बताउनुभयो ।

Comments

comments

Related Posts