किसान व्यावसायिक मौरीपालनतर्फ आकर्षित

(No Comments)     November 20, 2015    

बेनी । व्यावसायिक मौरीपालनको सम्भावना बोकेको म्याग्दीमा एक वर्षको अवधिमा २२ हजार ५०० किलो मह उत्पादन भएको छ । गएको आव २०७१/७२ मा अघिल्लो वर्षको तुलनामा एक हजार ९५० किलो वृद्धि भई कुल २२ हजार ५५० किलो मह उत्पादन भएको हो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाभर सञ्चालनमा रहेका चार हजार ५१० वटा घारबाट सो परिमाणमा मह उत्पादन भएको हो । कृषि कार्यालयका बागबानी विकास अधिकृत भोजबहादुर थापाले कृषकलाई अनुदानमा घार सहयोग, तालिम र बीउ पूँजीलगायतका सेवा सुविधा प्रदान गर्दै आएपछि बर्सेनी मौरीपालक कृषक र मह उत्पादनमा वृद्धि भएको बताए ।

आव २०७०/७१ मा चार हजार १२० घारबाट २० हजार ६०० किलो मह उत्पादन भएको थियो । जिल्लाको पुलाचौर, घतान, पात्लेखेत, कुहुँ, ज्यामरुककोट, भूरुङ–तातोपानीलगायतका गाविस मौरीपालनको पकेटक्षेत्र मानिन्छन् । यीमध्ये पुलाचौरको डडुवा, कुहुँ र ज्यामरुककोट क्षेत्रलाई मौरी स्रोतकेन्द्रको रुपमा विकास गरिएको छ । जिल्लामा उत्पादन गरिएको मह जापान, कतार, साउदी अरब, बहराईन जस्ता मुलुकमा निर्यात हुने गरेको किसानले बताएका छन् । नेपाल भ्रमणमा आएका पर्यटकले समेत मह किनेर लैजाने गरेको बेनी नगरपालिका– १२ डडुवाकी रामकुमारी खत्रीले बताए ।

विगत दुई दशकदेखि मौरीपालन सुरु गरेकी खत्रीले आफ्नो र आफन्तकोमा गरी ७० वटा घारमा मौरीपालन गरेको बताए । प्रति घारबाट करिब आठ किलो मह उत्पादन हुँदै आएको र प्रतिकिलो महको मूल्य रु एक हजारसम्म पर्ने गरेको खत्रीको भनाइ छ । “मह, घार र मौरीसँगै घार बिक्री गरेर वार्षिक रु तीन लाखसम्म आम्दानी गर्दैआएकी छु” उनले भनी ।

पछिल्लो समय मौरीपालनको सम्भावना बोकेका गाविसका किसान व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन् । उनीहरुले कठ््यौरी र आधुनिक घारमा मौरीपाल्दै आएका छन् । महलाई औषधि र पूजाआजामा प्रसादको रुपमासमेत प्रयोग गर्ने गरिन्छ ।

Comments

comments

Related Posts