किसानले उखुको मूल्य पाऐ

मूल्य निर्धारणसँगै कृषक उखु काट्न ब्यस्त

(No Comments)     December 27, 2016    

काठमाडौं, १२ पुस । सरकारले उखुको मूल्य प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ तोकेको छ । उद्योग मन्त्रालय, कृषि मन्त्रालय, उखु किसान र चिनी उद्योगीबिचको संयुक्त बैठकमा उखुको मुल्य तोकिएको हो ।

यसअघि किसानले उखुको मूल्य प्रति क्विन्टल ५ सय ५६ रुपैयाँ माग मागेका थिए उद्योगीले प्रति क्विन्टल ५ सय १३ रुपैयाँ भन्दा बढी दिन नसक्ने अडान राखेका थिए । त्यसमा सहमति नभएपछि किसान र उद्योगीले मूल्य निर्धारण गर्न सरकार गुहारेका थिए । सरकारले दुवै पक्षको अडानमा मध्यमार्गी बाटो अपनाएर प्रति क्विन्टल ५ सय ३१ रुपैयाँ मूल्य तोकिदिएको हो ।

पोहोर किसानले प्रति क्विन्टल ४ सय ४८ रुपैयाँ मात्र पाएका थिए । तराईका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी, रौतहट, बारा, पर्सा, नबलपरासी, रुपन्देही लगायत जिल्लाका लाखौं किसानले व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन् ।

मूल्य निर्धारणसँगै अब चिनी उद्योग सञ्चालनमा आउने छन् भने किसानले पनि उखु काट्न सुरु गर्ने उखु उत्पादक महासंघका अध्यक्ष कपिलमणि मैनालीले जानकारी दिनुभयो । उज्यालो अनलाईनबाट

Comments

comments

Related Posts