किसानलाई २७ बुदे प्रतिवद्धता पुरा गरि पेन्सनको ब्यवस्थ -कृषिमन्त्री

हरियो बन नेपालको धन बोलीमा जति प्रयोग गरिन्छ, यसलाई ब्यवहारमा ल्याउन सकिएको छैन् । नेपालमा प्रतिभाको कमि होईन्, प्रोत्सानका आवश्यकता छ । पछिल्लो समयमा किसानहरुको जिवन स्तर सुधानरका लागि सरकारले २७ बुदे प्रतिवद्धता पुरा गरि पेन्सनको ब्यवस्थ गर्ने भनिएको आहिले सम्म कुरामा मात्र सिमित रहेको देख्न सक्छौँ । व्यवहारमा यसलाई उतारेर अन्य देशमा पलायन भएका युवाहरुलाई आधुनीक कृषी गरि नेपालमा रोजगारको व्यवस्थ गर्न सकिन्छ ।

पशुपतिनगरमा कृषिमन्त्री हरिवोल गजुरेलले कृषि क्षेत्रको व्यावसायिकरण चाँडै कार्यान्वयनमा आउने बताउनु भएको छ । इलामको सूर्योदय नगरपालिका–४, स्थित जनहित कृषि सहकारी संस्थाले स्थापना गरेको जनहित अदुवा प्रशोधन तथा मसला उद्योगको शुक्रबार उद्घघाटन गर्नु हुँदै उहाँले नेपाललाई कृषिप्रधान देश भनिए पनि नेपाल अझै धेरै कृषि उपजमा अन्य देशसँग भर पर्नुपर्ने अवस्था रहेको बताउँदै कृषिमा परनिर्भता घटाउन अब सरकार र किसान दुबै क्षेत्रबाट सक्रियता हुनुपर्ने बताउनु भयो ।

सरकारले कृषिको दीगो विकास र कृषिमा आत्मनिर्भर बनाउने उद्देशयले २७ बुंदे प्रतिवद्धता जारी गरेको जनाउँदै मन्त्री गजुरेलले अब परम्परागत कृषिले मात्र देशको आवश्यकतालाई धान्न नसक्ने भएकाले कृषिमा व्यवसायिकता आउनु पर्ने बताउँदै भन्नुभयो–‘कृषिमा दक्ष युवा जनशक्रि पनि आउनु प¥यो, यसमा सरकारले हुनेसम्मको सहयोग गर्छ । उहाँले कृषि क्षेत्रको विकासमा सहकारी संस्थाको योगदान उच्च रहेको बताउँदै नहितले कृषि उपज प्रशोधन गरेर खोजेको व्यावसायिक उपायको प्रशंसा गर्नुभयो ।

सहकारीले कमर्सियल एग्रीकल्चर एलाइन्स र पोष्टहार्भेष्ट निर्देशनालयको ३८ लाखसहित ५० लाख ५९ हजार रुपियाँको लागतमा उद्योग स्थापना गरेको सहकारीका अध्यक्ष गोपाल भट्टराईले जानकारी नुभयो । सहकारीले अदुवाको धुलो, बेसारको धुलो, मिक्स मसला, आलु चिप्स उत्पादन शुरु गर्न लागेको उद्योग संयोजक कमल खतिवडाले जानकारी गराउनु भयो

  • Polls

    • नेपालमा गरिनेमध्ये कुन बाली राम्रो ?

      View Results

      Loading ... Loading ...