चालु आर्थिक वर्षभित्रै किसान पेन्सन लागु हुन्छ: कृषिमन्त्री

(No Comments)     August 24, 2016    

काठमाडौं, ८ भदौं । कृषिमन्त्री गौरीशंकर चौधरीले किसानलाई पेन्सनको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य शुरु गरिसकेको बताउनु भएको छ ।

पब्लिक मिडिया क्लबले आज धनगढीमा आयोजना गरेको पत्रकार घेटघाट कार्यक्रममा बोल्दै उहाँले किसानलाई पेन्सनको व्यवस्था गर्न गृहकार्य शुरु गरिसकेको बताउनु भएको हो । मन्त्री चौधरीले पेन्सनको वितरणबारे ड्राफ्ट तयारी भईरहेको भन्दै चालु आर्थिक वर्षभित्रै पेन्सन लागु गरिने बताउनुभयो ।

एक लाखदेखि पाँच लाख उत्पादन गर्ने किसानलाई एक सय ५० प्रतिशत तथा पाँच लाख देखि १० लाख उत्पादन गर्नेलाई सय प्रतिशत रकम किसानको कोषमा राज्यले जम्मा गर्ने व्यवस्था अनुरुप काम अघि बढिरहेको पनि चौधरीले बताउनु भएको छ । किसानहरुको विवरण अनुसार वास्तविक किसानलाई पहिचान गरि, उत्पादन हेरेरमात्र पेन्सन प्रदान गरिने भन्दै मन्त्री चौधरीले जो–कोहीलाई पेन्सनको व्यवस्था नगरिने उल्लेख गर्नुभयो ।

उहाँले पहिलो चरणमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना देशैभरी लागु गरिनेमा जोड्दिनु भएको छ । परियोजना अन्र्तगत पकेट एरिया, सुपरजोन एरिया गरि चार क्षेत्रअन्र्तगत लागु गरिने भन्दै कृषिमन्त्री चौधरीले वास्तविक किसानले परियोजनाबाट अत्याधिक लाभ लिन सक्ने बताउनुभयो ।

मन्त्री चौधरीले परियोजना चालु आर्थिक वर्षको यहि असोजदेखि देशभरी लागु गर्न मन्त्रालय तयारीमा जुटेको बताउनुभएको छ । मन्त्रालयले कार्यक्रमको तयारी गरि प्रधानमन्त्री कार्यालयमा पठाईसकेको भन्दै उहाँले अर्थमन्त्रालयबाट पास भएर आउने बित्तिकै परियोजना लागु गरिने बताउनुभयो ।

कृषिमन्त्री चौधरीले किसानलाई सहज वातावरणमा मलखाद पाउने व्यवस्थाका लागि कडाईका साथ अघि बढेको बताउनुभएको छ । किसानलाई झन्झटिलो नहुन दिनका लागि सम्बन्धित निकायलाई निर्देशन भन्दै उहाँले मलको अभाव सिर्जना गराउने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने दावी गर्नुभयो ।

सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उहाँले सरकारले पूर्णता पाउन नसकेकोले सीमांकनको विषयमा प्रवेश नगरेको बताउनुभयो । कृषिमन्त्री चौधरी सुदूरपश्चिमका किसानहरुको राय सुझाव र समस्याका विषयमा जानकारी लिन कैलाली पुग्नु भएको हो ।

Comments

comments

Related Posts