किबीबाट लाखौं आम्दानी

(No Comments)     December 10, 2017    

काठमाडौं । ईलाम जिल्ला किबी फलको लागि निक्कै उपयुक्त ठाउँ मानिन्छ । यहाँका किसानले किबीको फल बेचेरै लाखौं आम्दानी गर्ने गरेका छन् । किबी फलको खेती फस्टाउँदै गएपछि जिल्लाका धेरै किसानले यसलाई आम्दानीको स्रोत समेत बनाएर व्यवसायिक रुपमै किबीकोको खेती सुरु गरेका छन् ।

सुलुबुङ–५ का तारामणि खतिवडाले पनि पहिलोपटक किबी फलको व्यावसायिक खेती शुरू गर्नुभएको छ । अहिले किबी फलको टिपाइ शुरू भएको छ । उहाँ आजभोलि किबी फल बिक्री गर्ननै व्यस्त भएको बताउनु हुन्छ । किबी फल प्रतिकिलो ए ग्रेडको रु ४०० र बी ग्रेडको रु ३०० मा बिक्री हुने गर्दछ ।

जिल्लाको सुलुबुङ, साँखेजुङ, लुम्दे, साङरुम्वा, सूर्योदय नगरपालिका, सन्दकपुर गाउँपालिकाको मावु, माईमझुवा र जमुना साथै इलाम नगरपालिकाको सुम्वेक र आमचोकमा यसको व्यावसायिक खेती गरिँदै आएको छ ।

यसैगरी, साँखेजुङका टेकबहादुर विष्टले अलैँचीखेती मासेर १६ रोपनी बारीमा किबी खेती गर्नु भएको छ भने यस वर्ष १० क्विन्टल उत्पादन भएको बताउनु हुन्छ । गत वर्ष रु चार लाख बराबरको किबी बिक्री गर्नुभएका विष्टले यसपाली उत्पादन घट्ने बताउनु हुन्छ ।

फलभन्दा पनि बिरुवा बढी मूल्यमा बिक्री हुने गरेको उहाँको भनाई छ । एउटा बिरुवा रु ३०० सम्ममा बिक्री हुने गरेको छ । बिकीको एउटा बोटबाट २००-२५० किलोसम्म फल उत्पादन हुने गरेको कृषकको भनाई छ ।

जिल्लाका करिब २४ हजार घरपरिवार किबी खेती व्यवसायमा संलग्न रहेकाछन् ।

Comments

comments

Related Posts