करोडौंको गोलभेडा निकासी

(No Comments)     August 7, 2016    

धनकुटा, २३ साउन । गत आ व. २०७२/०७३ मा धनकुटाबाट ८४ करोड १९ लाख बराबरको गोलभेडा निकासी भएको छ । 

धनकुटामा हिउदे र बर्षे गरि १ हजार ३ सय ७५ हेक्टरमा व्यवसायीक रुपमा गरिएको खेतिबाट ४७ हजार ७ सय ५० मेट्रिकटन गोलभेडा उत्पादन भएको छ । यहा उत्पादन भएको गोलभेडा मध्ये ३९ हजार ४ सय ५० मेट्रिकटन अर्थात कुल उत्पादनको ८२ प्रतिसत जिल्ला बाहिर निकासी भएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटा नगरपालिकाको बेलहरा, भिरगाउ ,ठोका, पात्ले, पासिङ्ग तथा खोकु, छिन्ताङ्ग, आँखिसल्ला र बुढिमोरङ्ग गाविसमा व्यवसायिक रुपमा गोलभेडाको खेति हुने गरेकोे छ ।

यहाँ उत्पादित गोलभेडा धरान, इटहरी , विराटनगर,काकड्भिट्टा , बुटवल, काठमाण्डौ तथा छिमेकी राष्ट्र भारत र भुटानमा समेत निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यलय धनकुटाले जनाएको छ ।

धनकुटामा कुल उत्पादनकोे जम्मा १८ प्रतिसत मात्र गोलभेडा विक्रि हुने गरेको छ ।

Comments

comments

Related Posts