उंट: मरुभुमीको जहाज

(No Comments)     October 23, 2016    

डा. केदार कार्की

उंटले प्रचिन काल देखि वर्तमान समयसम्म नागरीक कानुन एवं ब्यबस्था, रक्षा युदद्यको क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको छ । पहिलो तथा दोस्रो विश्व युद्घमा यसको महत्वपुर्ण सहभागीता रहेको थियो ।

उंटबाट दुध, मासु, रगत, उन, छाला, हड खुर, कलमुत्र भार वाहन, सवारी वाहन आदी उपयोग हुन्छ । उंट रेजिस्तानी परिस्थितीक तंत्रको एउटा प्रमुख घटक मानिन्छ । आफ्नो अनौठो जैव–भौतिकिय विशेष्ताहरुका कारण यो प्राणी शुष्क तथा अर्धशुष्क क्षेत्रको विषमताहरुमा जीवनयापनको अनुलताको प्रतिक मानिन्छ । मरुभुमिको जहाजको नामले प्रशिद्घ यो पशु यस क्षेत्रमा परिवाहन तथा भारवाहनको लागी अपरिहार्य मानिन्छ ।

उंट दुई खुर भएको जनावर मानिन्छ । जस्को पिठ्युमा थैला हुन्छ । जस्मा बोसो जम्मा भएर बसेको हुन्छ । उंटको आयु ४० देखी ५० वर्षको हुन्छ । पूर्ण बयस्क उंटको उचाई काँधमा ६ फिट १ इन्च पेटको माथिल्लो भागमा ७ फिट १ इन्च हुन्छ । उंट ६५ कि.मी. प्रति घण्टा दौडिन सक्छ । सामान्य हिडाईमा प्रति घण्टा ४० कि.मी. हिड्न सक्छ ।

उंटको शरिर ब्यबहार एवं विशेष्ताहरु: 
उंटको बारेमा जसरी भनिन्छ कि यसको पिठ्युमा भएको थैली मा पानी जम्मा गरेर राख्छ यो सत्य होईन । बरु यस्मा बोसो जम्मा हुने गर्दछ । उंटको शरीरको अन्य कुनै भागमा बासो लाग्दैन । यसले गर्दा पनि उंटलाई गर्मीको असरकम हुन्छ ।

उंटलाई जब उर्जाको आवश्यकता पर्छ तव बोसो जम्मा भएको ठाउँबाट १ग्राम बोसो बाट १ग्राम पानी गराउछ । जस्मा अक्सिजनको प्रकृया शुरु हुन्छ । उंटको बाक्लो छाला वातावरण संयोजनको लागी प्रयाप्त मानिन्छ । उंट लामो समय सम्म पानी नखाई बाच्न सक्छ । उंटले उपलब्ध भएको बेला एक पटकमा १०० देखी १५० ली. पानी पिउछ ।

उंट तापमान हुने कुनै पनि तल माथि सजिलै सहन सक्छ । उंटको नाकको थुतुनोको बनावट यसरी बनेको हुन्छ की जब उंटले जब सास बाहिर फाल्छ जल बाफ थुतुनो ठोकिएर भित्र फर्किन्छ । हावा मात्र बाहिर जान्छ जस्ले गर्दा उंटको शरीर मा जलअल्पता हुदैन । उंटको थुतुनोको बनावट यसरी बनेको हुन्छ की जस्लाई उंटले सजिलै खोल्न बन्द गर्न सक्छ । जुन प्रकृयाका कारण उंटले मरुभुमिको धुलो बाट आफुलाई बचाउछ ।

उंटको शरीरमा २० देखि २५ प्रतिशत कमी भए पनी बाच्न सक्छ । जबकी अरु जनावरमा १५ प्रतिशत पानी कमी भएकोे सहन सक्दैन । जती बेला उंटले हरियो घाँस डाले खान्छ त्यति बेला यसले त्यसबाट नै पानी प्राप्त यक पर्दैन । उंटको मोटो छालाले सुर्यको किरणलाई बिकेन्द्रित गराउछ र मरुभुमिको गर्मीबाट बचाउँछ । छोटो खुट्टा भएको उंटलाई मरुभुमिको गर्मीबाट बच्न ५० प्रतिशत बढी पसिना काड्नुपर्छ तर अग्ला खुट्टा भएका उंट भने भुईको तातो बाट शुरक्षित हुन्छन् ।

उंटको मुख धेरै कठोर किसिमले बनेको हुन्छ । जस्ले गर्दा मरुभुमिमा पाइने काडेदार मरुभुमिमा पाइने बोट बिरुवा सजिलैखान सक्छन् । लामा आखी भुई , कानको लामो रौं ,बन्द हुने थुतुनोले यिनलाई मरुभुमिको बालुवाको धुलोबाट शुरक्षीत गर्दछ । उंटको मृगौला र आन्द्राको बनौट यसरी गरीएको हुन्छ की यीनले शरीरमा पानी रोकेर राख्न सक्तछन् ।

पिसाब गाढा सिरप जस्तो तथा गोबर निक्खर सुकेको हुने गर्दछ । जस्लाई तुरुन्त बाल्न सकिन्छ । उंटको आन्तरिक शुरक्षा कवच धेरै बलीयो हुन्छ जुन वाइ(थ) आकारका एण्टीबडीज हुन्छन् र धेरै समय स्थाई भएर बसेको हुन्छन् ।

उंटको उपयोगीता: 
उंटको बहुआयामिक उपयोगीता छ । उंटबाट दुध तथा दुध जन्य उत्पादन, मासु मासु जन्य उत्पादन प्राप्त हुन्छ । उंटको दुधमा घृतान्स कम तथा प्रोटिनको मात्रा बढी हुने गर्दछ । उंटले १२ देखी १८ महिना दुध दिन्छ । उंटको दुधमागाईको दुध भन्दा भिटामिन “बी” को मात्रा बढी हुन्छ साथै भिटामिन “सी” को मात्रा १० गुणा बढी हुन्छ ।

उंटको दुधमा इन्सुलीनको मात्रा अत्याधिक हुने हुँदा यो दुध मधुमेहका बिरामीलाई औसधिको रुपमा प्रयोग गर्न सकिन्छ । उंटको दुधमा आइरनको मात्रा गाईको दुधका भन्दा वढी हुन्छ । उंटको दुध साबन बनाउन, शेम्फु, खाने चकलेट , आइसक्रिम बनाउन प्रयोग गरिन्छ । छाला स्वस्थ राख्न उंटको दुधमा भिटामिन बी सी तथा लौह तत्व प्रचुर मात्रामा हुन्छ ।

उंटबाट मासु उत्पादन:
उंटबाट मासु उत्पादन गरी राम्रो फाइदा लिन सकिन्छ । भाले उंटबाट करीब ४०० के.जी. मासु एउटा मात्र ढाडको थैली हुने उंटबाट प्रप्त गर्न सकिन्छ । जवकी २ वटा थैला भएको उंटबाट करीब ६५० के.जी. मासु उत्पादन हुन्छ ।

पोथि उंटबाट २५०–३५० के.जी. मासु उत्पादन हुन्छ । उंटको ह्याकुला , तीग्रा , अगाडी खुट्टाको माथिल्लो भाग , पिठ्युको मासु धेरै मन पराइने मासुमा पर्दछन् । तर ढाडको थैलाको मासु धेरै स्वादिष्ट हुने गर्दछ । कलीलो उमेरको उंटको मासु रागा भैसीको जस्तो हुन्छ । पाका उमेरका उंटको मासु अलिकती चाम्रो हुने गर्दछ ।

तर बिस्तारै धेरै बेर पकाएमा भने मासुको स्वाद स्वादिलो हुन्छ । ग्रीक तथा परसीयामा यस्को मासुको उपयोगीता सदियौ देखी हुदै आएको छ । किनियामा उंटको रगत पनी खाने चलन छ । उंटको रगतमा भिटामिन “डी” नुन तथा लवण तथा लौह तत्वको मात्रा बढी हुने गर्दछ ।

उंटको हाड:
उंटको हाड बहुमुल्य मानिन्छ किनकी यसबाट आभुषण बनाइने गरिन्छ । जुन हात्तीको हाडको समतुल्य हुन्छन् । उंटको हाडबाट वोनमील पशुको दानाको लागी तथा मल बनाउन प्रयोग गरीन्छ ।

उंटको गोबर: 
उंटबाट पा्रप्त हुने गोबर एउटा उपयोगी इन्धन मानिन्छ । यस्को गोबर खेतबारीमा मलको रुपमा प्रयोग गर्न सकिन्छ । एउटा पाको उमेरको उंटले प्रति वर्ष २३० देखी २५० के.जी. गोबर दिने गर्दछ । यसलाइृ सुखाएर भान्सामा दाउराको रुपमा प्रयोग गर्न सकिन्छ । यस्को धुवाँले लामखुट्टे ,उडुस, उपिया भगाउन मद्दत गर्दछ ।

उंटको छाला: 
उंटको छाला निम्न गुणस्तरको हुने हुँदा यसबाट जुत्ता , सैन्डल बनाउन उपयुक्त हुँदैन । यसबाट भेडा बाख्राको गोठ खेलौना भाँडा बनाउन सकिन्छ । उंटलाई तीन वर्षको उमेरमा बिभिन्न खाले जुन प्रयोजनको लागी प्रयोग गरीने हो सोही अनुसार प्रशिक्षण गर्नुपर्दछ ।

उंटले सानो उमेरमा सिकेको कुरा जिबन पर्यन्त सम्म सम्झिराख्छ । उंटलाई मुख्यतया उठ्न, वस्न, सुत्न , दौडन, भारी बोकेर हिड्न, सवारी तान्न, मानिस बोकेर हिड्ने जस्ता कुराको प्रशिक्षण दिने गरीन्छ ।

Comments

comments

Related Posts