ईलाममा कृषि यन्त्रको प्रयोग बढ्दै

(No Comments)     January 8, 2018    

काठमाडौं । ईलाम जिल्लामा पनि आधुनिक कृषि यन्त्रप्रति कृषकको आकषण बढ्न थालेको छ । कृषि यन्त्रको प्रयोगले समय र श्रमको बचत हुने भएकाले पनि कृषक कृषि यन्त्र प्रति आर्कषित भएका हुन् ।

पछिल्लो समय खेतबारी जोत्न, धान, गहुँ झार्न, मकै छर्नेलगायतका काममा किसानले आधुनिक कृषि यन्त्रको प्रयोग गर्नेगरेका छन् ।
गोरुले खेतबारी जोत्नुको सट्टा अहिले यहाँको कृषकले हाते ट्याक्टरले खेत जोत्न थालेका छन् भने धान गहुँ चुट्नका लागि थ्रेसरको प्रयोग गर्न थालेका छन् ।

खेत जोत्नका लागि गोरुभन्दा कृषि यन्त्रले सजिलो र छिटो हुने भएकाले पनि ट्र्याक्टरमार्फत खेत जोत्नेको सङ्ख्या बढ्दै जान थालेको सूर्याेदय नगरपालिका–३ का आस्मान लिम्बु बताउनुहुन्छ ।

अहिले गाउँमा धेरैले ट्याक्टरले बारी जोत्ने गरेकाछन् । गाउघरका युवाहरु विदेशीएर खेतबारी बाँझो रहने अवस्थामा पुगेको बेला गाउँमै हाते ट्याक्टर पुगेपछि यहाँका कृषकमा नयाँ उर्जा थपेको बताउछन् । गोरुले तीन दिनमा जोत्ने खेतबारी ट्याक्टरले एक घण्टामै जोत्ने भएपछि किसानले ट्याक्टरको प्रयोग गर्न थालेका हुन् ।

श्रम र समयको बचत हुने भएकाले आधुनिक कृषि यन्त्रमा कृषकको आकर्षण बढ्न थालेको यहाँको किसानहरुको भनाइ छ ।

Comments

comments

Related Posts