इलाममा पाँच करोडको बंगुरको मासु उत्पादन

(No Comments)     September 8, 2017    

इलाम, २३ भदौ । जिल्लामा यस वर्ष रु पाँच करोड ७५ लाख १२ हजार बराबरको बंगुरको मासुको कारोबार भएको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार एक लाख ६४ हजार ३२० किलो बंगुरको मासु रु प्रतिकिलो ३५० का दरले खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको तथ्यांक छ ।

पशुसेवा कार्यालयका अनुसार इलाममा बंगुर मासु पसल २८ वटा दर्ता भएका छन् । पशु कार्यालयकै तथ्यांकअनुसार वार्षिक दुई हजार २०० मेट्रिक टनको हाराहारीमा बंगुरको मासु उत्पादन हुने गरेको छ ।

 

गत वर्ष दुई हजार १८४ र अघिल्लो वर्ष दुई हजार १९९ मेट्रिक टन मासु उत्पादन भएको थियो । उत्पादित मासु जिल्लाकै बंगुर फार्म र घरायसी बंगुरपालनबाट उत्पादित बंगुरको रहेको कार्यालयले जनाएको छ । जिल्लामा ८० वटा बंगुर फार्म दर्ता भई सञ्चालनमा छन् । ती फार्ममा कम्तीमा १० देखि बढीमा १०० वटासम्म बंगुरपालन गरिएको छ । फार्मबाट वार्षिक ९३ हजारभन्दा बढी बंगुर उत्पादन हुँदै आएको छ ।

गत वर्ष जिल्लामा ९३ हजार १९० वटा र अघिल्लो वर्ष ९३ हजार ४०० वटा बंगुर उत्पादन भएका थिए । गत वर्ष स्थानीय जातका ५६ हजार ८६० वटा र उन्नत जातका ३६ हजार ३३० वटा बंगुर उत्पादन भएको कार्यालयले जनाएको छ । रासस

Comments

comments

Related Posts