इलाममा पशुमा कृत्रिम गर्भाधान गराउने बढ्दो

(No Comments)     February 5, 2018    

काठमाडौं । पशुमा कृत्रिम गर्भाधान गराउने किसानको संख्या इलाममा बढ्दै गएको छ । गाईभैंसीमा कृत्रिम गर्भाधान गराउँदा नस्ल सुधार मात्र नभई दूध उत्पादनमा समेत वृद्धि हुने भएपछि किसानको आर्थिक स्तरमा समेत सुधार आएको छ ।

पशुमा कृत्रिम गर्भाधान गराउदा सजिलो, समयको बचत साथै आफूले चाहेको जातको गाईको बाँच्छाबाँच्छी उत्पादन गराउन सकिने भएका हुनाले पनि पशुमा कृत्रिम गर्भाधान गराउने कृषकको संख्यामा बृद्धि हुँदै गएको हो ।

आव २०७२/७३ मा ११ हजार ४५६ पशुमा कृत्रिम गर्भाधान गराइएको थियो भने आव २०७३/७४ मा १५ हजार २६६ पशुमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

किसानले पशुमा कृतिम गर्भाधानबाट उन्नत जातको बाच्छी उत्पादन गरेर अन्य जिल्लामा बिक्रीसमेत गर्ने गरेका छन् । कृत्रिम गर्भाधानले दूध उत्पादन बढ्दै गएको किसानको भनाइ छ ।

कृतिम गर्भाधान अभियानको प्रभावले नश्ल सुधारसँगै दूध उत्पादनसमेत बढ्न थालेको पशुसेवा कार्यालयका प्राविधिक डिकबहादुर कार्कीको भनाई छ ।

जिल्लामादूध बिक्रीबाट रु चार अर्ब ७० करोड ६० हजार किसानले आम्दानी गरेका छन् ।

Comments

comments

Related Posts