इलामको गोदक अर्गानिक क्षेत्र

(No Comments)     November 14, 2017    

काठमाडौं । पूर्वी प्रख्यात ईलाम जिल्ला तरकारी, फलफूल र खाद्यान्न उत्पादनमा नाम कहलिएको इलामको गोदकलाई अर्गानिक क्षेत्र बनाउन पहल थालिएको छ ।

बढ्दो रासायनिक मल प्रयोग र विषादी प्रयोग भैरहेको बेला इलाम नगरपालिका गोदकका किसानले गाउँलाई अर्गानिक क्षेत्र बनाउन पहल थालेका हुन् । सोमबार एक कार्यक्रमबीच इलाम नगरपालिका–१० मा आयोजित कार्यक्रममा ‘अर्गानिक गोदक’ को शुभारम्भ गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले सो अभियानको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा पशु सेवा कार्यालय इलामका पशु चिकित्सक डा पशुपति ढुंगाना, महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्राध्यापक डा योगेन्द्रमान श्रेष्ठ, इलामका इतिहासविद् युद्धप्रसाद वैद्यलगायतले कार्यक्रममा मन्तव्य राख्दै यो अभियान सफल बनाउन जिल्लावासी तथा जिल्लास्थित सम्बन्धित निकाय नै लाग्नुपर्नेमा जोड दिएका थिए ।

स्थानीय फ्रेन्डसिप युवा क्लब तथा फ्रेन्डसिप सहकारी संस्थाले संयोजन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका साथ तीन सय भन्दा बढी किसानको सहभागिता रहेको थियो । अब गोदकमा उत्पादन हुने खाद्यान्न, फलफूल तथा तरकारी अर्गानिक बनाइने किसानले प्रतिबद्धता जनाएका थिए ।

यस अगि पनि ईलाममा बढी रासायनिक विषादी बढी प्रयोग हुने क्षेत्रको सूची तयार पारी जैविक मलको प्रयोग गर्न किसानलाई सुझाव दिएका थिए । रासायनिक विषादी प्रयोगकै कारण कृषि उपज बिक्न छोडेपछि किसानले रासायनिक विषादी प्रयोग हटाउन अर्गानिक तवारले खेती उत्पादनको गागि गोदकलाई अर्गानिक बनाउन पहल थालिएका छ ।

Comments

comments

Related Posts