आलु उत्पादनमा कमी

(No Comments)     May 17, 2018    

काठमाडौं । किसानले यसवर्षको भने जस्तो आलुको मूल्य पाँउन सकेको छैंन । काभ्रेपलाञ्चोकका किसान विगतको तुलनामा आलु कम फल्नु हुनुका साथै उचित मूल्य पनि नपाएपछि चिन्तित बनेका छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ आलु उत्पादन कम भएको बताउनुहुन्छ ।

गतवर्ष उत्पादन बढी हुनुका साथै उचित मूल्य पाएको उहाँको भनाइ छ । यसबर्ष आलु उत्पादन कम र उचित मूल्य पनि नपाएपछि लगानी समेत उठाउन समस्य परेको स्थानीय किसान बताउछन् । खोपासीका किसान सविना श्रेष्ठ उचित मूल्य नपाउँदा मारमा परेको बताउनुहुन्छ । यस क्षेत्रको खेती नै आलु भएता पनि राम्रो उत्पादन नहुनका साथै मूल्यसमेत नपाउँदा किसान मारमा परेकाछन् ।

किसानले आलु प्रतिधार्नी रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । बजारमा त्यही आलु प्रतिधार्नी रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) कार्यक्रम सञ्चालनमा छ । सरकारले अनुदान दिने र प्रविधिका बारेमा सिकाउनेबारे जानकारी नभएको किसान बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) बनेपा कार्यालयका प्रमुख किशोरप्रसाद पन्त जिल्लामा आलुको उत्पादन पर्याप्त रुपमा भइरहेको बताउनुहुन्छ । उन्नत जातको आलुको बीउ प्रयोग गर्न नपाएका कारण किसानले फाइदा लिन नसकेको उहाँको भनाइ छ ।

“उन्नत बीउ वितरण र बजारीकरणको व्यवस्थापन गर्नु पर्छ,” उहाँले भन्नुभयो । किसानलाई समूहमा संगठित गरी बजारीकरणको व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सुपरजोन (आलु) कार्यालयका सूचना अधिकृत कृष्ण धितालका अनुसार जिल्लामा नौ हजार हेक्टरमा वार्षिक एक लाख ८२ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।

सुपरजोन ९आलु० परियोजनाले हालसम्ममा दुई हजार हेक्टरमा मात्रै सेवा विस्तार गरेको छ । भविष्यमा तीन हजार ६०० हेक्टरसम्म सेवा विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।

Comments

comments

Related Posts