आलुको बीउबाट लाखौं आम्दानी

(No Comments)     March 30, 2018    

काठमाडौं । पछिल्लो समय किसानले आलुको बीउ बेचेर राम्रो आम्दानी गर्न थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४, उग्रचण्डी नालाका किरण श्रेष्ठले आलुको बीउ बेचेर वार्षिक रु नौ लाखको आम्दानी गर्नु भएको हो ।

विसं २०६६ बाट प्रगतिशील युवा कृषक समूह खोलेर आलुको बीउ उत्पादन गर्दै आउनुभएका श्रेष्ठले शुरुमा सानो लगानीबाट बाँस र काठको ग्रिन हाउस बनाएर शुरु गर्नुभएको उहाँले अहिले एक रोपनी जग्गामा बीउ उत्पादन गरिरहनु भएको छ ।

पहिले सानो आकारमा मात्रै बीउ उत्पादन गर्दै आउनु भएको श्रेष्ठले अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन एकाई (आलु) काभ्रेपलाञ्चोकको टिस्युकल्चर प्रयोगशाला स्थापना तथा सहयोग सञ्चालन कार्यक्रमअन्तर्गत सहयोगमा अनुदान पाएपछि व्यवसायलाई थप विस्तार गरेको बताउनु हुन्छ । श्रेष्ठले भन्नुभयो, “आफ्नै रु ४५ लाख र सुरपजोन (आलु)को रु ४५ लाख गरी कूल रु ९० लाख लगानीमा आलुको बीउ उत्पादन गरिहेको छु ।”

श्रेष्ठले पहिले १०/१२ वटा जिल्लामा बीउ बिक्री गर्दै आउनु थियो भने अहिले मागअनुसार जहाँसुकै पनि पु¥याउने तयारी गरिरहनु भएको छ । उहाँले आठ जातको आलुको बीउ उत्पादन गर्दै आउनुभएको छ । वर्षमा दुई सिजन गरी उत्पादन गर्ने गरेको आलुको बीउ बेचेर रु चार लाख ५० हजार त नाफामात्रै कमाउने गरेको उहाँले बताउनुभयो । उहाँले जनकदेव, कार्डिनर, डेजिरे, खुमल रातो, कुफ्रिज्योति, खुमललक्ष्मी, खुमल उज्ज्वल, खुमल सेता र एमएस–४२ लगायत जातका आलुको बीउ उत्पादन गर्दै आउनु भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन एकाइ (आलु) अन्तर्गत कृषि सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत दीपक पौडेलले गुणस्तरीय बीउको अभाव र जसमा पनि भाइरसका समस्याका कारणले गर्दा किसानसमक्ष भाइरसमुक्त गुणस्तरीय बीउ पु¥याउनका लागि सहयोग गरेको बताउनुभयो ।

किसानसमक्ष गुणस्तरीय बीउ पु¥याउन सके अहिले उत्पादन गरिरहेको भन्दा २० देखि ३० प्रतिशतसम्म उत्पादन बढाउन सकिने पौडेलले भनाई छ । त्यसका लागि किसानले भाइरसमुक्त बीउ नै प्रयोग गर्नु पार्ने र टिस्यूकल्चर विधिबाट निकालिएको प्रिवेशिक सिड नै प्रयोग गर्नुपर्ने उहाँको भनाई छ ।

Comments

comments

Related Posts