असिना पानीले कृषिबालीमा क्षति

(No Comments)     April 2, 2017    

कञ्चनपुर, २० चैत । गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ ।

असिना पानीका कारण गहुँबालीमा ८० प्रतिशत बढी क्षति पुगेको कृषि सेवा केन्द्र सानागाउँका प्रमुख मनी नाथले बताउनुभयो ।
“असिना पानीले तरकारी बालीमा ९० प्रतिशत र सुन्तला र कागतीमा ६० प्रतिशत क्षति पु¥याएको छ” उहाँले भन्नुभयो ।

वर्षभरि खानका लागि लगाइएको गहुँबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको उहाँले बताउनुभयो ।
असिना पानीले गर्दा तरकारी र फलफूल खेतमा क्षति पुगेपछि कमाइको स्रोतमा समेत असर परेको उहाँको भनाइ रहेको छ ।

साना गाउँ नजिकका क्षेत्रमा समेत असिना पानीले क्षति पु¥याए पनि क्षतिको विस्तृत विवरण सङ्कलनको कार्य भइरहेको छ ।
असिना पानी राति करिब एक घनटासम्म परेको थियो । रासस

Comments

comments

Related Posts