अलैँची, कम लगानी राम्रो आम्दानी

(No Comments)     December 24, 2017    

काठमाडौं । बाँझो जमिनमा अलैँची खेती फस्टाएपछि बागलुङा जिल्लाको जैमिनी नगरपालिका–२ र ३ का किसान अलैंची खेती प्रति आर्कषित भएकाछन् । परीक्षणमै रुपमा अलैंचीेले राम्रो उत्पादन दिन थालेपछि कृषकले अलैँचीको व्यावसायिक खेती समेत शुरु गरेका छन् ।

गाँजा सामुदायिक कृषि सहकारी संस्थामार्फत एक सय रोपनी जमिनमा अलैँची खेती गरिएको छ । परीक्षण सफल भएकाल दमेकका सरकारी, सामुदायिक र निजी वनमा समेत अलैँची खेती शुरु गरिएकोे सहकारीका अध्यक्ष होमनाथ सापकोटाले बताउनु भयो । किसानले अलैँचीको फलदेखि बिरुवासमेत बिक्री गर्ने गरेका छन् । स्थानीयवासी आनन्द अम्माई, झापाका पारस काफ्ले र अन्य किसानले पनि अलैँचीको नर्सरी स्थापना गरेका छन् ।

गत वर्ष जिल्लाभरका किसानले रु १० लाखको बिरुवा बेचेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । वार्षिक रु ५० लाख भित्रर्याउने गरी किसानले काम गरिरहेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर ३० हेक्टर बढी क्षेत्रफलमा अलैँची खेती गरिएको छ । दमेक, दुदिलाभाटी, खरबाङ, बुर्तिबाङ, अर्गल, हिल, राङ्खानी, बरेङलगायतका क्षेत्र अलैँची खेतीका लागि उपयुक्त मानिएको छ ।

अलैँचीतर्फ किसानको आकर्षण बढेकाले खेती विस्तार हुँदै गएको कार्यालयका कृषि प्रसार अधिकृत अधिकारीले भनाई छ । सिमसार जमिन, उत्तिसको रुख भएका खोल्सा र पाखोबारी अलैँची खेतीका लागि उपयुक्त मानिन्छ ।

जिल्ला कृषि विकास कार्यालयले अलैंची खेती गर्न चाहने कृषकलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदै आएको जनाएको छ । यहाँ उत्पादित अलैँची बिक्रीका लागि भने पूर्वको झापासम्म पु¥याउनुपर्ने अवस्था रहेको अधिकृत अधिकारीको भनाइ छ । ठूलो मात्रामा उत्पादन भएको अलैँची भने व्यापारीले गाउँमै आएर खरिद गर्ने गरेका छन् । अलैंची झापा हुँदै भारत निर्यात हुनेगरेकाछन् ।

पछिल्लो समय भने प्रतिकिलो रु दुई हजारसम्ममा बिक्री हुँदै आएको अलैँची अहिले घटेर हजारभन्दा पनि कम मूल्यमा बिक्री गर्नु पर्दा किसान चिन्तित बनेका छन् । तर उत्पादन गर्न सके बिक्रीको भने समस्या नरहेको सम्बद्ध किसानको भनाइ छ ।

कम लगानीमा राम्रो आम्दानी हुने भएकाले पनि किसान अलैँची खेतीतर्फ आकर्षित भएको देखिन्छ ।

Comments

comments

Related Posts