अर्गायनिक तरकारीखेती गर्ने बढ्दो

(No Comments)     December 17, 2017    

काठमाडौं । मानिसमा बढ्दो जनचेतनाको कारण पछिल्लो समयमा अर्गायनिक तरकारी खेती गर्नेको संख्या बढ्दै जान थालेको छ ।बिषादिको प्रयोगले मानव स्वास्थयमा दिनानुदिन पार्ने असरको न्यस्नीकरण र बजारमा बिषादि प्रयोगको तरकारी बिक्री हुन छाडेपछि पनि मानिसहरु अहिले अर्गायनिक तरकारी खेती प्रति आर्कषि हुन थालेका हुन् ।

अहिले व्यवसायिक अर्गायनिक तरकारी खेतीको लागि मानिसले घरमै मल तयार गर्ने र जैविक बिषादि समेत घरैमा तयार गरि खेती गर्न थालेका छन् । व्यवसायिक तरकारी खेती गर्न कृषिसँग सम्बिन्धित संस्थाहरुमा सुझबुझ गरी खेती गर्ने तरिका साथै तालिमसमेत लिन थालेका छन् ।

कृषकहरु यति बेला धान थन्काई तरकारी खेती गर्नको लागि व्यस्त देखिन्छ । यस्तै भएकोछ्, मोरङ उर्लाबारी नगरपालीका-३ का कृषकहरुलाई अर्गायनिक तरकारी लगाउन भ्याइनभ्याई भएका छन् ।

अरुखेती भन्दा अर्गायनिक तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान समूह बनाई सामूहिक रुपमानै मौसमी बेमौंसमी तरकारी खेती गर्न थालेकाछन् । पुजन बाँनियले सात जनाको समूह बनाएर अर्गायनिक तरकारी खेती सुरु गरेको बताउनु हुन्छ । दुई बिगा जमिनमा उहाँले काउली, बन्दा, टमटर, खुर्सानी, सागलगायतका तरकारी लगाएको बताउनु हुन्छ । अहिले ब्रोकाउली,साग र काउलीको सिजन भएकाले भरर्खरै मात्र रु एक लाख बराबरको आम्दानी गरेको बानिया बताउनु हुन्छ ।

उहाँ बार्षिक रु पाँच देखी छ लाखसम्म कमाउने लक्ष्य राखेको बताउनु हुन्छ । उहाँको अनुसार अर्गायनिक तरकारी मूल्य अरु तरकारीको मूल्य भन्दा अलिक महङ्गो पर्ने भएकोले पहिले पहिले खरिद गर्दा गा्रहक हचकिने गरेको तर अहिले मानिसमा बढ्दो जनचेतनाले त्यसो नगर्ने गरेको सनाउनु हुन्छ । अझ तरकारी बजारको व्यवस्थापान भैदिए झनै बिक्री गर्न सजिलो हुने उहाँको भनाई छ ।

यसैगरी, अर्का कृषक रमन चौंधरीले पनि ५ जनाको समूह बनाई अर्गायनिक तरकारी खेती गरेको बताउनु हुन्छ । उहाँले पनि ब्रोकाउली, टमटर, काउली, खुर्सानी साग, बैगुनलगायतका तरकारी लगाउने गर्नु भएको छ । चौंधरी भन्नु हुन्छ “अरु बाली भन्दा अर्गायनिक तरकारी खेती गर्न फाईदा हन्छ, घरैमा किन्न आई पुग्छ, बिक्री गर्न सजिलो छ”।

बढ्दो जनचेतनाले गर्दा अहिले अर्गायनिक तरकारी खेतीप्रति मानिसको आर्कषण पनि बढ्दै जानथालेको देखिन्छ ।

Comments

comments

Related Posts