अनुदानमा मकैको बीउ वितरण

(No Comments)     February 6, 2018    

काठमाडौं । जिल्ला कृषि विकास कार्यालयल पर्वतले चालू आर्थिक वर्ष २०७४/७५ मा कृषकलाई तेह्र हजार तीनसय किलो मकैको बीउ वितरण गरिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै जोन कार्यक्रम लागू भएका क्षेत्रमा उक्त बीउ वितरण गरिएको हो ।मकै जोन कार्यक्रम लागू भएको फलेवास नगरपालिका तथा अन्य सातवटै स्थानीय तहमा कृषकको मागअनुसार बीउ वितरण गरिएको छ ।

जिल्लामा मकै उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रका व्यावसायिक कृषकलाई बीउ वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

कृषकलाई ५० प्रतिशत अनुदानमा अरुण–२ र मनकामना तीन जातको मकैको बीउ वितरण गरिएको हो । अहिले बजारमा अरुण–२ प्रतिकिलो रु ६४ र मनकामना–३ को रु ६२ पर्ने भए पनि कृषकलाई अरुण–२ रु ३२ र मनकामना–३ रु ३१ मा उपलब्ध गराइएको रेग्मी बताउनुभयो ।

जिल्लामा झण्डै १५ हजार हेक्टर क्षेत्रफलमा ३२ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो ।

फलेवास नगरपालिकाको खानीगाउँ, मुडिकुवा, देवीस्थान, लिमिठाना, भँगरा, ठानामौला, कार्किनेटा, शंकरपोखरी, कुर्घा र पाङ्राङ, कुश्मा नगरपालिकाको ठूलीपोखरी, खौलालाँकुरी र आर्थर, मोदी गाउँपालिकाको देउपुर, देउराली, चित्रे, तिलाहार र भुक तथा बिहादी गाउँपालिकाको रानीपानी, बर्राचौर, वहाकी र शालिग्राममा मकै उत्पादन हुँदै आएको छ ।

 

Comments

comments

Related Posts