अण्डाबाट मासिक बीसहजार कमाइ

(No Comments)     November 20, 2017    

काठमाडौं । बालकोट- ६ का मुना राई (नाम परिवर्तन) ले लोकल क्रस कुखुरापालनबाट मासिक बीस हजार कमाई गर्दै आउनु भएको छ । उहाँको यो कुखुराको अण्डाको मात्र आम्दानी हो ।

स्थानिय बासिन्दाको ३ रोपनी जमिन भाडामा लिएर कुखुराका साथ-साथै बाख्रापालन, सिजन अनुसारको  तरकारी समेत लगाउँदै आउनु भएको छ । प्रति रोपनी सोह्रहजारका दरले तीन रोपनी जमिनको बार्षिक ४८ हजार जमिनको भाडा तिर्ने गर्नु भएको छ ।

पढाईमा मास्टर गर्नु भएका राईलाई राम्रो जागिर खाने रहर भने नभएका होईनन् । सोझाले नेपालमा सजिलै जागिर खान नसकिने उहाँको भनाई छ । उहाँ अनुभावको लागि खाली समय जमिन भाडामा लिएर कृषिमा लाग्नु भएको हो । भाडाको जमिनमै सानो टहरा बनाएर बस्दै आउनु भएको छ । पाँच जनाको परिवार भए पनि अहिले तीन जनामात्रै बस्दै आउनु भएको छ । अहिले उहाँको परिवारमा तीन जना महिलामात्र हुनुहन्छ ।

उहाँको बहिनी पढ्दै हुनुहुन्छ भने ६० बर्षिया हजुरआमाले उहाँलाई सगाउँदै आउनु भएको छ । कुखुरा बाख्राको लागि दाना उहाँ आफैले ल्याउने गर्नु हुन्छ । तर उहाँकोमा उत्पादन भएको कुखुरा, अण्डा, तरकारी केही पनि बेच्न जान पदैन घरमै गा्रहक आई पुग्छन् ।

उहाँले अहिले पचासवाट कुखुरा र दशवाट बाख्रा पाल्नु भएको छ । थेरै लगानी भएकाले कमाई पनि थोरै हुने गरेको बताउनु हुन्छ । लगानी बडाउन सकेमा कुखुरा, बाख्राबाट राम्रै आम्दानी हुने अनुभाव उहाँसँग रहेको छ । उहाँ भन्नु हुन्छ “मान्छेलै गर्न खोजे के नहुँदो रैछर ?”

बाख्राको लागि घाँस समेत रोप्ने भएको छ भने खाली जमिनमा सिजननुसारको तरकारी लगाउने गर्नु भएको छ । तर यसपाली पानी नपर्नाले इनारको पानीको भरले मात्रै घाँस र तरकारी भने जस्तो नसपे्रको उहाँ बताउनु हुन्छ । बारीमा लगाएको धनियाँ, रायोसाग, सोपसाग डर्न थालेको छ ।

भर्खर धान निकालेर अरु तरकारी लगाउन बारी बनाए पनि पानी पर्याप्त नहुँदा निक्कै समस्या परको छ । पानीको सुविधा हुनेहो भने तरकारीबाट रामै कमाई गर्न सकिने राई बताउनु हुन्छ ।

Comments

comments

Related Posts